२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार



झापा-नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको छ ।राष्ट्र बैंकलाई पत्राचार गरी प्राधिकरणले महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया थालेको हो ।

प्राधिकरणका निर्देशक कुलमान घिसिङले उद्योगबाट महसुल उठाउने नयाँ विधि अपनाएका हुन् । यसअघि प्राधिकरण सञ्चालक समिति र विद्युत नियमन आयोगले त्यस्ता उद्योगको लाइन नकाट्न निर्देशन दिएको थियो ।

महसुल नतिर्ने उद्योगको लाइन काट्ने नकाट्ने विषयमा प्राधिकरण र सरकारबीच विवाद हुँदै आएको छ । सरकार उद्योग सञ्चालन गर्न दिएर ती उद्योगबाट महसुल असुल गर्नुपर्ने अडानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ७ : २० बजे