८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

आजदेखि एमाले केन्द्रीय समिति बैठक : प्रत्येक सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राख्न पाउने



काठमाडौँ-नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरु हुन लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यले बेग्लाबेग्लै धारणा राख्न पाउनेछन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक सदस्यलाई ३ मिनेटका दरले समय उपलब्ध गराउने तयारी गरिएको बताउनुभयो ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा आफ्नो धारणा व्यक्त गर्नुहुनेछ । बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुख पनि सहभागी हुनेछन् ।

दुई दिनभित्र बैठक सक्ने एमालेको तयारी छ । पुष १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

संसदको हिउँदै अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको एमाले बैठकले संविधान संशोधन लगायतका विषयमा समेत ठोस धारणा तय गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  ८ : ०३ बजे