ताप्लेजुङ-प्रविधिको बढ्दो प्रयोगसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा अब भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन पाउने भएका छन् ।
पाथिभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराइज बैंक ताप्लेजुङसँगको सहकार्यमा डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गरेको हो ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले लक्ष्मी सनराइज बैंकमा रहेको समितिको खातामा क्युआर कोडमार्फत भेटी जम्मा गर्न मिल्ने बताए ।
लक्ष्मी सनराइज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथिभरा क्षेत्र विकास समितिलाई क्युआर कोड हस्तान्तरण गरेका छन् । पाथिभरा मन्दिर परिसरमा उक्त क्युआर कोड राखिएको छ ।