६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

२० जना शिक्षकलाई जागिरभन्दा राजनीति प्यारो !



झापा-शिक्षण अभ्यासमा रहेका २० जना शिक्षक जागिर छोडेर राजनीतिमा लागेका छन् । शिक्षा मन्त्रालयले राजनीतिक दलको सदस्यता त्याग गर्न दिएको निर्देशनविपरीत उनीहरु जागिर छोड्न तयार भएका हुन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता त्याग्न शिक्षकहरूलाई निर्देशन दिएकी थिइन् । मन्त्री श्रेष्ठको निर्देशनपछि ८२५ जना शिक्षकले आफ्नो राजनीतिक आबद्धता त्यागेका छन् ।

तर, २० जना शिक्षकले भने राजनीतिक आबद्धता त्याग्न नसकिने जनाउँदै जागिर छोडेको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरू जागिर छोडेर राजनीतिमै सक्रिय भएका छन् ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार जागिर छोड्नेमा पार्टीको कार्यकारी भूमिकामा बसेका शिक्षकहरु छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ९ : ०३ बजे