काठमाडौँ-सत्तारुढ दल नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियान अन्तर्गत सुरु गरेको १०० दिने विशेष अभियानको समयावधि लम्ब्याउने भएको छ ।
बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायतका कारणले कार्यसम्पादन हुन नसकेका जिल्लामा १०० दिने विशेष अभियानको समय थप्न लागिएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
यसअघि काङ्ग्रेसले असोज ७ गतेदेखि सुरु गरेको १०० दिने विशेष अभियान पुस १६ गते सकिने तय भएको थियो । तर, कतिपय जिल्लामा अभियान सञ्चालन हुन नसकेका कारण समय थप्न लागिएको हो ।
महामन्त्री शर्माका अनुसार अभियानको समय माघ १६ गतेसम्म तोकिएको छ । पार्टीको तल्लो तहसम्म संगठन संरचनाको विस्तार गर्दै कांग्रेसले विशेष सय दिने अभियान सुरु गरेको थियो ।