२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विप्लवको भेट



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । चीन भ्रमणको पूर्व सन्ध्यामा महासचिव विप्लवले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा महासचिव विप्लवले प्रधानमन्त्री ओलीसँग छलफल गरेको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

विप्लवसँगको भेटपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केर आएपछि दुवै पक्ष बसेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको विश्वकर्माले बताए ।

भेटमा महासचिव विप्लवले चीन भ्रमणमा कुटनीतिक सम्बन्धमा कुनै असर नपर्ने गरी कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ००:००  १० : ०० बजे