झापा-वाणिज्य बैंकको कर्जा प्रवाह असोज महिनामा ५६ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ । भदौ महिनादेखि कर्जा प्रवाह बढ्न थालेको हो ।
भदौमा वाणिज्य बैंकको कर्जा प्रवाह करिब ५३ अर्ब रुपैयाँले बढेको थियो । असोजमा ५६ अर्ब ३० करोड रुपैयाँले कर्जा प्रवाह बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।
असोज मसान्तसम्म आइपुग्दा ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ बैंकहरुले कर्जा प्रवाह गरेका छन् । सङ्घका अनुसार असोजमा पछिल्लो नौ महिना यताकै उच्च कर्जा प्रवाह भएको हाे ।