झापा-राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डाक्टर सुरेश आचार्यको नाम सिफारिस भएको छ । डाक्टर आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् ।
सूचना आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख सूचना आयुक्त र आयुक्तहरूको नाम सिफारिस गरेको हो ।
आएको सदस्यमा पत्रकार गगन बिष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । बिष्ट नेकपा एमालेको प्रचार विभागका सचिव छन् । यसअघिका प्रमुख आयुक्त र आयुक्तको म्याद सकिन लागेको छ ।


















