१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

सिम्रिक सहकारीको अध्यक्षमा सुवास भट्टराई दोस्रो कार्यकालका लागि निर्वाचित



बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भट्टराई दोस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

यसपटक पनि अघिल्लै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले निरन्तरता पाउने भएको छ । पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव महेन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमा बिष्ट पुनः चयन भएका छन् । सदस्यहरूमा लीला मुखिया, शशिकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नबिज जोगी छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । सदस्यहरूमा मीनप्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएको जनाइएको छ ।

निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको घोषणा बुधबार आयोजित कार्यक्रममा हुने जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  ८ : २७ बजे