काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिनेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । बुधबार र बिहीबारका लागि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको हो ।
बुधबार अर्जुनकुमार डंगोल, करिष्मा मानन्धर र दिनेशराज दाहाल (दिनेश डिसी)लाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।
बिहीबार दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई बोलाइएको मन्त्रालयले जनाएको छ ।
भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त छ ।















