२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

सटेन्द्रलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार



इलाम-नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य इलामका अग्रज पत्रकार सटेन्द्र जबेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजले जबेगुसहित ६ जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो ।

फोनिजका कार्यवाहक महासचिव समिर बलामीले स्थापना दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने बताए । फनिजले साउन २७ गते स्थापना दिवस मनाउँदैछ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ००:००  ८ : ४१ बजे