१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

खाद्य व्यवस्था कम्पनीले झापाबाट ५० हजार क्वीन्टल धान खरिद गर्दै



बिर्तामोड– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले ५० हजार क्वीन्टल धान खरिद गर्ने तयारी गरेको छ । लिमिटेडले किसानबाट विभिन्न जातका धान खरिद गर्न लागेको हो ।

लिमिटेडका कार्यालय प्रमुख चुलमाया लोबाका अनुसार पहिलो चरणमा १५ हजार क्वीन्टल सोनामसुली र ५ हजार क्वीन्टल रन्जित मुसुली धान खरिद गर्न लागिएको छ।

लिमिटेडले धानको समर्थन मूल्य निर्धारण गरेर खरिद गर्न लागेको हो । धानको मूल्य प्रतिक्वीन्टल ३ हजार ५ सय ८० रुपैयाँ निर्धारण गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार यो वर्ष ३ लाख ८५ हजार १९६.५ मेट्रिक टन धान उत्पादन भएको छ । केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले गत वर्षभन्दा ८ हजार ७९१ मेट्रिक टन धान उत्पादन बढेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार ००:००  ८ : १२ बजे