५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमालेमा ज्ञानुराम प्रसाईको अभाव सधैँ खड्किन्छ : अध्यक्ष गिरी



बिर्तामोड– नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापाको पार्टी जीवनमा स्वर्गीय ज्ञानुराम प्रसाईको अभाव सधैँ खड्किरहने बताएका छन् ।

प्रसाईको तेस्रो स्मृति दिवसका अवसरमा ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलवार आयोजना गरेको स्मृति सभामा एमाले अध्यक्ष गिरीले यस्तो धारणा राखेका हुन् ।

‘दृढ अठोट भएको लगनशील र निष्ठावान राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा प्रसाईलाई यो समाजले सधैँ सम्झिरहनेछ’, स्मृति सभामा अध्यक्ष गिरीले भने, ‘समाजलाई कसरी अगाडि बढाउने भन्ने चालकको रुपमा उहाँले काम गर्नुभएको थियो ।’

एउटा संघर्षशील र साहसिक योद्धालाई गुमाउनु पर्दा पार्टीले ठूलो क्षति व्यहोरेको जनाउँदै अध्यक्ष गिरीले प्रसाईको राजनीतिक तथा सामाजिक योगदान सधैँ स्मरणीय हुने विश्वास व्यक्त गरे । ‘चाकडी नगर्ने र गर्न नजान्ने एउटा नेताका रुपमा पनि उहाँलाई सम्झिन्छु’, अध्यक्ष गिरीले भने ।

२०८० माघमा गठित प्रतिष्ठानले पहिलोपटक तेस्रो स्मृति दिवसका अवसरमा औपचारिक रूपमा स्मृति सभा आयोजना गरी प्रसाईलाई सम्झिएको हो । स्वर्गीय प्रसाईको योगदानलाई चिरस्थायी बनाइराख्नका लागि प्रतिष्ठान स्थापना गरिएको अध्यक्ष ब्रद्रीप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार ००:००  ९ : १३ बजे