७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

भारतीय नम्बरकाे ग्यास बुलेटको टक्करबाट साइकल यात्रीको मृत्यु



हेटौँडा-राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट एक जना साइकल यात्रीकाे मृत्यु भएको छ । घटना शुक्रबार रातिको हो ।

दुर्घटनामा साइकल यात्री भक्तपुर सुडाल घर भई हेटौँडा ११ बस्दै आएका ६० वर्षीय रमेश पाण्डेकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

पाण्डेलाई एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार ००:००  ८ : ३७ बजे