बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड २ रामचोकमा शनिबार साँझ भएको दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ७ घर भएकी २२ वर्षीया रोजी कटुवाल रहेको प्रहरीले जनाएको हो । कटुवाल मे १० प ६०१७ नम्बरको स्कुटीमा सवार थिइन् ।
चारपानेबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्करबाट घाइते भएकी कटुवाललाई उपचारका लागि तत्काल अस्पताल लगिएको थियो ।