१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

दुई महिनामा सात अर्ब रूपैयाँको स्मार्ट फोन आयात



झापा-नेपालमा स्मार्ट फोनको आयात बढ्दै गएको छ । महँगो मूल्यका स्मार्टफोन प्रयोगकर्ताको रोजाइमा पर्न थालेपछि आयात पनि उच्च हुँदै गएको हो । विभिन्न ब्राण्डका नयाँ र आकर्षक उत्पादनले प्रयोगकर्ताको ध्यान खिचिरहेको छ ।

बजारमा स्मार्ट फोनका एकपछि अर्को मोडल सार्वजनिक भइरहेका छन् । नेपाली बजारमा तिनको प्रभाव उच्च हुँदै गएपछि आयात पनि बढेको छ । भन्सार अधिकारीहरू नेपालमा स्मार्ट फोनको आयात उच्च हुँदै गएको बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै नेपालले सात अर्ब रुपैयाँको स्मार्ट फोन आयात गरेको छ । ४ लाख ५४ हजार ९५८ थान स्मार्ट फोन नेपाल भित्रिएका हुन् । भन्सार विभागका अनुसार ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको स्मार्ट फोन नेपालले किनेको हाे ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ००:००  ६ : ५९ बजे