११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

२८ सयले घट्यो सुनको मूल्य



झापा- सुनको मूल्य मंगलवार प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँ तोकेको हो ।

यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २१ रुपैयाँले चाँदीको मूल्य घटेको हो ।

महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० रुपैयाँ तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ००:००  १२ : ०० बजे