८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

यी हुन् झापामा एमालेको आन्तरिक काम व्यवस्थापनका प्राथमिकता



बिर्तामोड- नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले पार्टीको आन्तरिक कामलाई व्यवस्थित गरिरहेको बताएका छन् । अधिवेशन भएको साढे चार महिना भएको र जिल्ला कमिटीको तेस्रो बैठक भदौ ५ गते बसेको जनाउँदै अध्यक्ष गिरीले अबको प्राथमिकता उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष गिरीले भनेका छन्, ,’भदौ भरमा पालिका र वडाका अधिवेशन सक्छौँ। सदस्यता नवीकरण गरी रेकर्ड अनलाइन प्रणालीमा गर्छौँ । जनसंगठनहरुको अवस्था विश्लेषण गरिसक्छौँ । विभागहरुलाई पूर्णता दिई चलायमान गर्छौँ ।’

आफ्नै सदस्यको स्रोत बलमा चलेको पार्टीका लागि दीगो आर्थिक स्रोत व्यवस्थापन योजना बनाउने उल्लेख गर्दै अध्यक्ष गिरीले बैचारिक काम, जनप्रतिनिधिको काम र जनसंगठनको कामको प्राथमिकता निर्धारण गर्ने बताए ।

५ महिनामा करिव ७०० फरक आस्थाका नेता कार्यकर्ता एमालेमा मूल प्रवाहीकरण भइसक्ने जनाउँदै अध्यक्ष गिरीले जिम्मेवारी व्यवस्थित गर्ने बताए । ‘व्यवस्थित कार्ययोजना र सामूहिक उत्साहका साथ बढ्छन् एमाले झापाका कदमहरु’, अध्यक्ष गिरीले भने ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ००:००  १२ : ५६ बजे