११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

राष्ट्रिय स्वतन्त्र पार्टीले बनायो संविधान परिमार्जन सुझाव कार्यदल



झापा- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संविधान संशोधनका विषयमा देशव्यापी छलफल गर्ने भएको छ । रास्वपाले सातवटै प्रदेशमा छलफल गरी साझा धारणा बनाउने निर्णय गरेको हो ।

रास्वपाको केन्द्रीय समितिको बैठकले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बताउनु भयो ।

कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ ।

कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले छन् ।

कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  २ : ०१ बजे