झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको सङ्ख्या घटाउन प्रस्ताव गरेको छ । काठमाडौँमा भएको राष्ट्रिय भेलामा रास्वपाले स्थानीय तहको सङ्ख्या घटाउन प्रस्ताव राखेको हो ।
स्थानीय तहको सङ्ख्या घटाएर ५०० मुनि कायम गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव छ । खर्चिलो र बोझिलो बन्दै गएको प्रदेश संरचना कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भेलाले निष्कर्ष निकालेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने र राष्ट्रिय सभालाई गैरदलीय विद्वान सभा बनाउने पनि प्रस्ताव अगाडि सारेका छन् ।


















