११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

भीरबाट लडेर पाँचथरमा महिलाको मृत्यु



पाँचथर-भीरबाट लडेर पाँचथरमा आइतबार एकजना महिलाको मृत्यु भएको छ । फालेलुङ-७ घर भएकी ५० वर्षीया सरिता आङ्बोको मृत्यु भएको प्रहरीले जनाएको हो ।

स्थानीय सल्लेरी जङ्गलमा घाँस दाउरा काट्न गएकी आङ्बाे आइतबार दिउँसो साढे २ बजेतिर अचानक भिरबाट लडेर घाइते भएकी थिइन् ।

अचेत अवस्थामा उनलाई जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । साँझ ६ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार ००:००  ८ : २४ बजे