काठमाडौँ– सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देहीपछि बयानका लागि काठमाडौँ लगिने भएको छ ।
स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि सभापति लामिछानेलाई काठमाडौँ लगेर बयान लिने तयारी गरिएको हो । मंगलबार लामिछानेलाई पोखराबाट रूपन्देही लगिएको थियो ।
सहकारीको बचत अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि आज पनि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लगिँदैछ ।
हिजो प्रारम्भिक सोधपुछ मात्र गरिएको र आज थप बयान लिइने न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । प्रहरीले आज १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालयमा पेश गर्नेछ ।