८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

लामिछानेलाई रूपन्देहीपछि बयानका लागि काठमाडौँ लैजाने तयारी



काठमाडौँ– सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देहीपछि बयानका लागि काठमाडौँ लगिने भएको छ ।

स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि सभापति लामिछानेलाई काठमाडौँ लगेर बयान लिने तयारी गरिएको हो । मंगलबार लामिछानेलाई पोखराबाट रूपन्देही लगिएको थियो ।

सहकारीको बचत अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि आज पनि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लगिँदैछ ।

हिजो प्रारम्भिक सोधपुछ मात्र गरिएको र आज थप बयान लिइने न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । प्रहरीले आज १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालयमा पेश गर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ००:००  ७ : ५७ बजे