२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

बिर्तामोड स्टडी पार्कको आयोजनामा शैक्षिक परामर्श सम्बन्धी सेमिनार



बिर्तामोड-कोरिया जाने विद्यार्थीलाई लक्षित गरेर बिर्तामोड स्टडी पार्कले शैक्षिक परामर्श सम्बन्धी सेमिनार आयोजना गरेको छ । सेमिनारमा ५० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

कोरियाको कलेजबाट आएका प्रोफेसर डाक्टर एनथ्राेनिक किमले सेमिनारको सहजीकरण गरेका छन् । उनले कोरियामा प्राविधिक विषयहरु कसरी अध्ययन गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट पारेका छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ का अध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्यमा भएको सेमिनारमा लिट पाथ फाउन्डेसनका प्रमुख कृष्णप्रसाद भट्टराईसहित विभिन्न कलेजका प्रोफेसरको सहभागिता थियो ।

बिर्तामोड स्टडी पार्कले कोरिया पढ्न जाने विद्यार्थीका लागि सहज तरिकाले अध्ययन अध्यापन गराउन सहजीकरण गरिरहेको छ । बिर्तामोड स्टडी पार्कले विद्यार्थीका लागि इलाम सदरमुकाम, फिक्कल र भद्रपुरबाट सेवा दिइरहेको जनाइएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ००:००  ५ : ४३ बजे