११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापामा टोकन प्रणालीका आधारमा राहदानी सेवा



झापा-जिल्ला प्रशासन कार्यालय झापाले राहदानी सेवा सुरु भएको जनाएको छ । कार्यालयले मङ्गलबार सूचना जारी गरी सेवा नियमित भएको जनाएको हो ।

यसअघि राजधानी विभागको केन्द्रीय सर्भरमा समस्या भई सिस्टम अवरुद्ध भएपछि झापामा पनि राहदानी सेवा प्रभावित भएको थियो ।

मंगलबारदेखि सेवा सुचारु भएको र टोकन प्रणालीबाट बायोमेट्रिक लिने कार्य उपलब्ध गराइने प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  ७ : १३ बजे