९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

परराष्ट्र मन्त्री राणा आज चीन जाँदै



झापा-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्व तयारी र व्यवस्थापनका लागि परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाने हुनुभएको छ । प्रधानमन्त्रीको भ्रमणको पाँच दिन अगावै परराष्ट्रमन्त्री राणा चीन जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली मङ्सिर १७ गते चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदै हुनुहुन्छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला चिनियाँ उच्चस्तरीय टोली भने काठमाडौँ आइपुगेको छ । चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिनको नेतृत्वमा ६ सदस्यीय टोली मङ्गलबार काठमाडौँ उत्रिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ७ : १२ बजे