इलाम-नेकपा एमालेको ११ औँ जिल्ला अधिवेशनका लागि ५८३ जना प्रतिनिधि छानिएका छन् । अधिवेशन कार्तिक २९ र ३० गते हुँदैछ ।
एमाले इलामले ८१ वडा कमिटी, २२ वटा जनसंगठन तथा पेशागत संगठन, तीनवटा इलाका कमिटी, शाखा कमिटी र एउटा विशेष वडा कमिटीबाट प्रतिनिधि छानेको हो ।
सबैभन्दा धेरै प्रतिनिधि इलाम नगरपालिकाबाट छानिएको जिल्ला सचिव उमेश गुरुङले बताए । त्यहाँबाट ११२ जना छानिएका छन् । माई नगरपालिकाबाट ८७ जना छानिएका छन् ।
११ औँ अधिवेशनबाट अध्यक्ष उपाध्यक्ष सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारी छनोट हुनेछन् भने १०५ जनाको जिल्ला कमिटी निर्माण हुनेछ ।