९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

संगठन सुदृढीकरण अभियान तीव्र बनाउने राप्रपाको निर्णय



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउने भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आन्दोलन र संगठन विस्तारलाई एकसाथ अघि बढाउने निर्णय भएको राप्रपाका नेताहरूले जनाएका छन् । बैठकमा राप्रपाको शीर्ष नेतृत्व र स्थानीय स्तरका अगुवाहरुको सहभागिता थियो ।

बैठकले महानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत वडा तहसम्म संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले बताए ।

राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले संविधान संशोधनको बहानामा ठूला दलहरू साना दलहरूलाई निमिट्यान्न पार्ने गरी लागेको बताए ।

बैठकमा सहभागी महामन्त्री एवम् संगठन विभाग प्रमुख डा. धवल शमशेर राणाले संगठन विस्तारबाट आन्दोलन र चुनाव दुवैतर्फ सकारात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ८ : ४७ बजे