भद्रपुर- भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आगामी फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्य समितिको आइतवार सम्पन्न बैठकले दोस्रो संस्करणको मिति तय गरेको हो ।
गोल्डकपका अध्यक्ष दीपेश ढकालले पहिलो भन्दा दोस्रो संस्करणलाई भव्य बनाउने गरी आफूहरु खटिने बताए । २०७९ मा पहिलो संस्करणले ठूलो चर्चा र प्रशंसा बटुलेको थियो ।
गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ सरकारी स्वामित्वको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो संस्करणमा सार्क मुलुकका टीमको सहभागिता रहने बताउँछन् ।