झापा– नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
बिहिबार प्रतितोला १ लाख ४४ हजार रूपैयाँमा छापावाल सुनको कारोबार भएको थियो। शुक्रबार तोलामा एक हजार बढेर १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको हो।