सुनसरी-घुम्न आएका आन्तरिक पर्यटकलाई आतंकित पारेर लुटपाट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीका आधारमा उनीहरू समातिएका हुन् ।
ताल तलैया घुम्न गएका झापा राजगढका अमन भगत र निखिल भगतले दिएको उजुरीका आधारमा ७ जनालाई पक्राउ गरिएको सुनसरीका डीएसपी नवीन कृष्ण भण्डारीले बताए ।
पक्राउ पर्नेमा अनिश कोइराला, सुसन थापा, विशाल तामाङ, सुनिल बस्नेत, निश्चल बस्नेत, साकार भण्डारी र रिचन खत्री लगायत रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ३ लाख २ सय ५५ रुपैयाँ बरामद गरेको छ ।
चक्कुसहित समातिएका उनीहरूलाई सुनसरी जिल्ला अदालतमा पेश गरिएको र म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

















