७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

नेपाली कांग्रेस झापाद्वारा क्रियाशील सदस्यता नवीकरणको म्याद १५ दिन थप



बिर्तामोड-नेपाली कांग्रेस झापाले क्रियाशील सदस्यता नवीकरणको म्याद १५ दिन थप गरेको छ । बिहीबार कार्यवाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले नवीकरणको म्याद थप गरेको हो ।

वर्षाका कारण कतिपय वडामा सदस्यता नवीकरणमा समस्या देखिएकाले जिल्ला कार्यसमितिको बैठकले १५ दिनका लागि म्याद थप गर्ने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताए ।

यसअघि नेपाली कांग्रेसले १५ वटै पालिकाका १३१ वटै वडामा साउन २० गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गर्दै सोही अनुसार मातहतका समितिलाई निर्देशन दिएको थियो ।

जिल्ला कार्य समितिको बैठकले भदौ ५ गतेभित्रमा क्रियाशील सदस्यता नवीकरण गरी गाउँ नगरमा पठाउन निर्देशन दिएको सचिव हुमागाईले बताए ।

बैठकले गाउँ नगरले भदौ १५ गतेभित्रमा प्रदेशसभा क्षेत्रीय समितिमा, प्रदेशसभा क्षेत्रीय समितिले भदौ २० गतेसम्म क्षेत्रीय समितिमा र भदौ २५ गतेभित्र क्षेत्रीय समितिले जिल्ला समितिमा बुझाइसक्नु पर्ने समय सीमा तोकेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ००:००  ९ : २४ बजे