१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य




झापा– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलवार रातिदेखि लागू हुने गरी निगमले मूल्य समायोजन गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ००:००  ८ : ३० बजे