१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान



काठमाडौँ-ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । मङ्गलबार बिहान उनलाई काठमाडौँबाट पक्राउ गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसला कार्यान्वयन अधिकारीले पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएका हुन् ।

सर्वोच्च अदालतले कार्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । उनले दुई वर्ष आठ महिना कैद सजाय भोगिसकेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ३ : २३ बजे