काठमाडौँ-झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजले पाएको सम्बन्धनविरुद्ध डाक्टर गोविन्द केसी सर्वोच्च अदालत गएका छन् । सम्बन्धन त्रुटीपूर्ण रहेको जनाउँदै डाक्टर केसीले आइतबार आफ्नै सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।
बीएण्डसीलाई सम्बन्धन दिन नहुने लगायतका विषयमा डाक्टर केसीले विभिन्न आठवटा कारण देखाएका छन् । यस अघि सर्वोच्च अदालतले २०८० चैत १२ गते मेडिकल कलेज लाई सम्बन्धन दिन आदेश दिएको थियो ।
पूर्वी नेपालको एउटा भरपर्दो स्वास्थ्य प्रतिष्ठानका रुपमा स्थापना भएको बीएण्डसी मेडिकल कलेजविरुद्ध डाक्टर केसीले यसअघि पटकपटक आन्दोलन गरेका थिए ।
पटक-पटक आमरण अनसन बसेर सरकारलाई समेत हैरानी खेलाएका डाक्टर केसी कुनै पनि हालतमा बीएण्डसीलाई सम्बन्धन दिन नहुने पक्षमा छन् ।
आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डाक्टर केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएका हुन् ।


















