काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको हो । प्रतिनिधि मण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गाेरखबहादुर बोगटी लगायत छन् ।
नानजिङमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्यांक फोरम’मा नेपाली टोली सहभागी हुनेछ । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग सदस्य दीपक ज्ञवालीले बताए ।
विभिन्न ठाउँमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएर आगामी मङ्सिर ६ गते टोली नेपाल फर्किनेछ ।