बिर्तामोड-प्रहरीले झापाको बिर्तामोड- ७ फक्तालुङ सिरान टोलबाट बुधबार राति कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
स्थानीय ३० वर्षीय सुरेश पराजुली कटुवा पेस्तोलसहित समातिएका हुन् । देवर भाउजु बीच झगडा भएको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
भाउजु गीता पराजुलीसँगको विवादपछि पुगेको प्रहरी टोलीले घर खानतलासी गर्दा कटुवा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।