झापा-नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङथेप नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई सोमबार प्रमुख सचेतकमा नियुक्ति गरेका हुन् ।
विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका लिङ्थेव संखुवासभाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी संखुवासभाको मादी नगरपालिकाको मेयर भइसकेका छन् ।
प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएपछि खाली भएको पदमा मुख्यमन्त्री कार्कीले विदुरलाई नियुक्त गरेका हुन् ।