९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

प्राकृतिक विपत्तिका घटना : कोशी प्रदेशमा ७७ जनाको मृत्यु



झापा-प्राकृतिक विपत्तिका विभिन्न घटनामा गत आर्थिक वर्षमा कोशी प्रदेशमा ७७ जनाको ज्यान गएको छ । पूर्वी नेपालका १४ जिल्लामा भएका विपत्तिका घटनामा उनीहरूको मृत्यु भएको हो ।

गत आर्थिक वर्षमा पूर्वी नेपालमा दुई हजार आठ सय ६८ विपतका घटना भएकाे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी पहिरो, आगलागी, चट्याङ र जंगली जनावरको आक्रमणमा मानवीय क्षति भएको हो ।

ती घटनामा २७७ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । प्रवक्ता दाहालका अनुसार बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ ।

चट्याङका कारण १३ जनाले ज्यान गुमाएका छन् भने आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

झापा लगायत पूर्वी नेपालका कतिपय जिल्लामा हात्तीको उपद्रो छ । झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा हात्तीको आक्रमणबाट ज्यान गुमाउने पनि छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ००:००  ९ : ०४ बजे