२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

काँकडभिट्टा नाकाबाट ४ सय किलो सुपारी बरामद



काँकडभिट्टा-सीमा नाकाबाट भारततर्फ लैजान लागिएको चार सय किलो सुपारी प्रहरीले बरामद गरेको छ । बिहीबार राति मेचीनगर ६ हुँदै भारततर्फ लैजान लागिएको सुपारी बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

भन्सार छलेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सुपारी बरामद गरेको हाे । सुपारीको अन्दाजी मूल्य दुई लाख ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ००:००  १० : २१ बजे