बिर्तामोड-सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सरिक हुन बिहिबार झापा आउने भएका छन् । झापामा सभामुखको दुई दिन व्यस्तता रहनेछ।
गृहजिल्ला झापाको क्षेत्र नम्बर २ मा भएका विकास योजनाको अनुगमन, निरीक्षण र उद्घाटन कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे आउन लागेका हुन् ।
सभामुख घिमिरेको सचिवालयले झापाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सभामुख घिमिरेको सहभागिता रहने कार्यतालिका सार्वजनिक गरेको छ ।