१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

भारत जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता



काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार नयाँ दिल्ली जाने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा छोरी गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्च पदस्थ सरकारी अधिकारी रहने छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ००:००  ९ : ५६ बजे