१ असार २०८२, आइतबार | Sun Jun 15 2025

श्रम ऐन संशोधनको तयारी : मन्त्रालयले माग्यो सुझाव



झापा-सरकारले श्रम ऐन २०७४ संशोधन गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ऐन संशोधनको तयारी सुरु गरेको हो ।

ऐन संशोधन गर्न मन्त्रालयले कार्यदल गठन गरेको छ । श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाइएको हो ।

गठित कार्यदलले श्रम ऐनमा आवश्यक संशोधनमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक रुपमा अपिल समेत गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ६ : २२ बजे