९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

ताप्लेजुङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु



ताप्लेजुङ -अविरल वर्षापछि पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बिहीबार मध्यरातमा आएको पहिरोमा पुरिएर उनीहरूको ज्यान गएको हो ।

ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका-२ खेजेनिममा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए ।

मुत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्राको बुवा ७० वर्षीय रामबहादुर, आमा ५० वर्षीय जसमाया, जुम्ल्याहा बहिनी गंगा र जमुना रहेका छन् ।

चार जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारिएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए । पहिरोले ७० वटा भन्दाबढी पशु चौपाया पनि बगाएको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार घटनास्थलमा जिल्ला प्रहरी र सिवा प्रहरी चौकीको टोली खटिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ००:००  ८ : ०८ बजे