१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात गर्न भारतको अनुमति



काठमाडौँ-नेपालमा उत्पादित बिजुली बङ्गलादेश निर्यात गर्न भारतले अनुमति दिएको छ । भारतीय अनुमतिपछि नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतको केन्द्रीय विद्युत नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएको बताए । यसअघि असोज १७ गते नेपाल भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

प्राधिकरणले प्रति युनिट ८ रुपैयाँ ६४ पैसाका दरले बङ्गलादेशमा बिजुली निर्यात गर्न लागेको हो । सम्झौता अनुसार नेपालले हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बङ्गलादेशमा विद्युत निर्यात गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ००:००  ८ : ३९ बजे