काठमाडौँ-शक्ति केन्द्रको दबाव बढ्दै गएपछि सरुवा अवधि पुगेका प्रहरी नायब उपरीक्षकको सरुवा प्रक्रिया प्रक्रिया लम्बिएको छ । भदौ १५ भित्रै उनीहरूको सरुवा भइसक्नुपर्ने थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार करिब ४० प्रहरी युनिटका इन्चार्जहरूको हेरफेर हुनेछ । केही जिल्लाका प्रहरी प्रमुख समेत फेरिनेछन् । कतिपय प्रहरी अधिकारी आफैँ पावर अभ्यासमा लाग्न थालेपछि सरुवा ढिलो भएको हो ।
पाइप पर्ने जिल्ला र आकर्षक युनिटमा जान डीएसपीहरूले गृहमन्त्रालयसम्म लबिङ गरिरहेका छन् । ४० ठाउँका लागि सबैभन्दा बढी डीएसपी प्रतिस्पर्धामा रहेका छन् ।
शक्ति केन्द्रमार्फत प्रहरी महानिरीक्षकलाई दबाब आउन थालेपछि सरुवा प्रक्रिया लम्विएकाे प्रहरी अधिकारीहरूले जनाएका छन् ।


















