२ असार २०८२, सोमबार | Tue Jun 17 2025

आगामी निर्वाचन एक्लै लड्ने एमालेको निर्णय



काठमाडौँ– नेकपा एमाले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । वामपन्थी राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दी हुन्छ कि भन्ने अनुमानका बीच एमालेले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको हो ।

बुधबार सम्पन्न पोलिटब्युरो बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आगामी निर्वाचनमा वामपन्थी पार्टीहरूबीच कुनै मोर्चाबन्दी नहुने बताए ।

नेपाली कांग्रेस समेत एक्लै चुनाव लड्ने निष्कर्षमा पुगे लगत्तै एमालेले पनि चुनावी प्रतिस्पर्धामा कोही कसैसँग मोर्चाबन्दी नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ८ : २३ बजे