२ असार २०८२, सोमबार | Tue Jun 17 2025

नक्कली सुन देखाएर ठगी गर्ने गिरोह समातियो : गिरोहका चार सदस्य झापाका



झापा-नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीका सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई भारतीयसहित ६ जना समातिएका हुन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-१ तोपगाछीका अशोक तामाङ, कन्काई नगरपालिका-९ घैलाडुब्बाका धकलबहादुर थिङ, अर्जुनधारा-११ का प्रवीण तामाङ, हल्दीबारी -३ का रामबहादुर कन्दङबा र भारत दार्जिलिङका नारायण गुरुङ र सञ्जय शर्मा रहेका छन् ।

नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका अशोक तामाङले कार्तिक २७ गते विराट शिक्षण अस्पतालमा उपचारका लागि आएका संखुवास सभाका कृष्णबहादुर तामाङको साथमा रहेको १ लाख १० हजार चोरेका थिए ।

तामाङलाई खोजी गर्ने क्रममा प्रहरीले नक्कली सुनका गरगहना देखाएर ठगी गर्ने थप ५ जनालाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  ८ : २० बजे