झापा-प्रदेशको नामको विषयलाई लिएर पहिचानवादी शक्ति र समूह फेरि आन्दोलित भएका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी नामको पक्षमा मतदान गर्ने प्रदेश सभाका सबै सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।
प्रदेशको नाम कोशी मेटाउन र हटाउन चौतर्फी दबाब सिर्जना गर्ने गरी गतिविधि अघि बढाइने संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
समितिले प्रदेशसभा घेराउदेखि अनिश्चितकालीन हड्तालसम्मको कार्यक्रम घोषणा गरेको हो । संयुक्त संघर्ष समितिले फागुन १७ लाई कालो दिवसका रुपमा पनि मनाउने जनाएको छ ।