११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

केन्द्रीय निर्देशनबिना जिल्ला समिति पुनर्गठन नगर्न तरुण दलको निर्देशन



काठमाडौँ-नेपाल तरुण दलले केन्द्रीय निर्देशन बिना जिल्ला कार्यसमिति विस्तार र पुनर्गठन नगर्न मातहतका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

कतिपय जिल्ला सभापतिले आफूखुसी संगठन विस्तार गर्ने, पुनर्गठन गर्ने लगायतका काम गरिरहेको जनाउँदै तरुण दलले त्यस्ता गतिविधि रोक्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको हो ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले आइतबार सबै जिल्ला सभापतिलाई कार्यसमिति विस्तार तथा पुनर्गठन रोक्न परिपत्र गरेका छन् ।

केन्द्रको समन्वय, सहमति र निर्देशन बिना आफू खुसी समिति विस्तार र पुनर्गठन गर्दा थप विवाद बढ्दै गएपछि पोखरेलले जिल्ला सभापतिहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ७ : ३६ बजे