२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

समाजवादीका ६७ नेता कार्यकर्ता एमालेमा फर्किए



दमक- नेकपा एकीकृत समाजवादीका ६७ नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । दमक नगर क्षेत्रका नेता कार्यकर्ता मंगलवार एमालेमा फर्किएका हुन् ।

नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणि भण्डारी सहितका जिल्ला, नगर, गाउँपालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

समाजवादी छोडेर घर फर्किएकालाई एमाले झापा इन्चार्ज रोमनाथ ओली र केन्द्रीय सदस्य दीपक कार्की लगायतले स्वागत गरेका छन् ।

एमाले प्रवेश गरेकालाई योग्यता र क्षमताको आधारमा सम्वन्धित पार्टी तहको नेतृत्वले जिम्मेवारी दिने झापा इन्चार्ज ओलीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार ००:००  २ : १८ बजे